Community Empowerment

  • सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा थिचोमिचो, शोषण तथा अन्यायमा परेका नेपाली जनताहरूको स्वाभिमान बढाउने, तिनलाई स्वावलम्बी बनाउने तथा सशक्तीकरण गर्ने विविध कार्यक्रमहरू संचालन गर्ने ।
  • सुशासन तथा मानवअधिकारका बारेमा सचेतना अभिवृद्धि गर्न विभिन्न कार्यहरू संचालन गर्ने ।
  • समाजमा व्याप्त अशिक्षा, गरिबी, बेरोजगारी, पछौटेपन तथा भेदभाव हटाउँदै सुसंस्कृत र सभ्य समाजको स्थापनाका लागि पहल गर्ने ।
  • सामाजिक रूपमा थिचोमिचोमा परेका जातजाति‚ महिला, बालबालिका, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग, मजदुर, विपत्तिमा परेका र पिछडिएका वर्गलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रमहरू संचालन गर्ने ।