मदन भण्डारी फाउण्डेशन
जननेता मदनकुमार भण्डारीका विचारको संरक्षण, व्याख्या, विश्लेषण एवं प्रचार गर्दै नेपालको लोकतान्त्रिक रुपान्तरणमा उहाँले देखाउनुभएको बाटो अनुसरण गर्ने तथा नागरिक हितका सामाजिक कार्यहरु गर्ने प्रमुख उद्देश्य लिएर सामाजिक संस्थाका रुपमा मदन भण्डारी फाउण्डेशनको स्थापना २०६६ सालमा भएको हो । संघीय सरकारसँग गैरनाफामुलक संगठनको हैसियतमा दर्ता भएर फाउण्डेशन सञ्चालित छ । ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रणेता जननेता भण्डारी नेपाली राजनीतिका विचारक, उन्नत राजनीतिक संस्कृतिका अग्रणी तथा राष्ट्रियता, लोकतन्त्र र मानवअधिकारका प्रवल पक्षधर हुनुहुन्थ्यो । नेपालबाट विश्वस्तरको राजनीतिक चिन्तकका रुपमा उभ्याउन सकिने नेताका रुपमा उहाँलाई लिन सकिन्छ । छोटो समयको राजनीतिक जीवनमा जननेताले विकास गर्नुभएका वैचारिक, राजनीतिक तथा साहित्यिक योगदानहरु अविस्मरणीय तथा दूरगामी छन् । फाउण्डेशनले वैचारिक क्षेत्रमा उहाँका विचारलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्दै अघि बढाउँदै आएको छ भने सामाजिक क्षेत्रमा शिक्षा, संस्कृति, अध्ययन, अनुसन्धानद्वारा जनहितकारी अभियानहरु सञ्चालन गर्दै आएको छ । यस क्रममा नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग फाउण्डेशनले सहकार्य गर्दछ । फाउण्डेशन कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन ।
थप पढ्नुहोस