Educational Development

  • स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहको शोधकार्यमा आर्थिक अनुदान उपलब्ध गराउन तथा स्वतन्त्र अनुसन्धान कार्यमा विद्वतवृत्ति उपलब्ध गराउनका लागि ‘मदन भण्डारी शैक्षिक कोष’ स्थापना र सञ्चालन गर्ने ।
  • शिक्षासँग सम्बन्धित नीतिहरूको बारेमा फाउन्डेशनको दृष्टिकोण तय गरी नेपाल सरकारलाई सुझाव दिने ।
  • मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने ।
  • जननेता मदन भण्डारी छात्रवृत्ति कोषलाई केन्द्रीय कोषको रूपमा विकास गर्ने ।
  • विभिन्न राजनीतिक नेता तथा शहीदहरूका नाममा खोलिएका प्रतिष्ठान तथा संघ संस्थाहरूसँग समन्वय गर्ने ।
  • शैक्षिक संस्थाहरूमा मदन भण्डारी उत्कृष्ट प्रतिभा पुरस्कारको स्थापना गरी उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने ।
  • छोटो अवधिको प्राविधिक तालिमहरू सञ्चालन गर्ने ।
  • विभिन्न सीमान्तकृत वर्ग, क्षेत्रमा पर्ने परिवारका छोराछोरीलाई विद्यालय भर्ना गर्न सहयोग प्रदान गर्ने ।
  • जिल्ला स्तरमा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र स्तरोन्नतिका लागि नमूना विद्यालयको अनुभव प्रचार प्रसार र विस्तार गर्ने ।
  • देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि दक्ष, कुशल र जिम्मेवार जनशक्ति निर्माण गर्न सम्बन्धित निकायको अनुमति लिएर विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरू लगायतका शैक्षिक संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने ।