Promotion of Young Talents and Socio-cultural Transformation

  • स्वस्थ युवा देशका सम्पत्ति हुन् भन्ने कुरालाई महशुस गरी युवाहरूलाई स्वस्थ र संगठित गर्नका लागि मदन भण्डारी फाउन्डेसनको मातहतमा रहने गरी खेलकूद एकेडेमीको स्थापना गरी युवाहरूलाई संगठित गरी विभिन्न खेलकूदसँग सम्बन्धित व्यायाम, प्रशिक्षण तथा तालीमहरू संचालन गर्ने,
  • युवाहरूलाई स्वथ्य सृजनशील बनाउनुको साथै युवाहरूका बीचमा सामाजिक सदभव कायम राख्न विभिन्न स्तरका खलेकूद प्रतियोगिताहरू सञ्चालन गर्ने‚
  • कला, साहित्य र संगीतको उत्थान तथा विकास गर्न पहल गर्नु र बौद्धिक समुदायलाई राष्ट्र निर्माणमा परिचालित गर्ने‚
  • राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका राजनैतिक, सामाजिक, सांस्कृतिक लगायत विविध क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने बौद्धिक व्यक्तित्व तथा संस्थाहरूलाई कदर स्वरूप सम्मान तथा पुरस्कृत गर्ने ।