मदन भण्डारी फाउण्डेशनको प्रथम बैठक सम्पन्न ।
चैत्र २५, २०७८ मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन पश्चात केन्द्रीय कमिटीको प्रथम बैठक फाउण्डेशनका अध्यक्ष श्री उषा किरण भण्डारीको अध्यक्षतामा सम्पन्न भयो । ट्रेड यूनियन पोलिसी इन्स्टिच्यूट, अनामनगर, काठमाडौंमा भएको थियो । समय व्यवस्थापनलाई मध्यनजर गर्दै भौतिक रुपमा र जुम मार्फत पनि जोडिन सक्ने गरी बैठक गरिएको थियो ।
नवर्निवाचित केन्द्रीय कमिटी सदस्यहरु बिच परिचयबाट शुरु भएको बैठकमा फाउण्डेशनको वारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, बैठकले मदन–आश्रित स्मृति दिवस (जेठ ३) र मदन जयन्ती (असार १४)लाई देशभरी विभिन्न वैचारिक र रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो । भने ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको थियो :
१. उषा किरण भण्डारी, अध्यक्ष
२. पेम्बा लामा, सचिव
३. चिन्तामणि भट्टराई, कोषाध्यक्ष
४. महेन्द्र बहादुर पाण्डे, सदस्य
५. सुशील प्याकुरेल, सदस्य
६. विमला राई पौड्याल, सदस्य
७. डेगेन्द्र पाण्डे, सदस्य
८. प्रेमसागर चापागाई, सदस्य
९. कुन्दन अर्याल, सदस्य
१०. मिलन धरेल, सदस्य
११. घनश्याम कोइराला, सदस्य