• विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
  • [email protected]

मदन भण्डारी फाउण्डेशन

जननेता मदनकुमार भण्डारीका विचारको संरक्षण, व्याख्या, विश्लेषण एवं प्रचार गर्दै नेपालको लोकतान्त्रिक रुपान्तरणमा उहाँले देखाउनुभएको बाटो अनुसरण गर्ने तथा नागरिक हितका सामाजिक कार्यहरु गर्ने प्रमुख उद्देश्य लिएर सामाजिक संस्थाका रुपमा मदन भण्डारी फाउण्डेशनको स्थापना २०६६ सालमा भएको हो । संघीय सरकारसँग गैरनाफामुलक संगठनको हैसियतमा दर्ता भएर फाउण्डेशन सञ्चालित छ । ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रणेता जननेता भण्डारी नेपाली राजनीतिका विचारक, उन्नत राजनीतिक संस्कृतिका अग्रणी तथा राष्ट्रियता, लोकतन्त्र र मानवअधिकारका प्रवल पक्षधर हुनुहुन्थ्यो । नेपालबाट विश्वस्तरको राजनीतिक चिन्तकका रुपमा उभ्याउन सकिने नेताका रुपमा उहाँलाई लिन सकिन्छ । छोटो समयको राजनीतिक जीवनमा जननेताले विकास गर्नुभएका  वैचारिक, राजनीतिक तथा साहित्यिक योगदानहरु अविस्मरणीय तथा दूरगामी छन् । फाउण्डेशनले वैचारिक क्षेत्रमा उहाँका विचारलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्दै अघि बढाउँदै आएको छ भने सामाजिक क्षेत्रमा शिक्षा, संस्कृति, अध्ययन, अनुसन्धानद्वारा जनहितकारी अभियानहरु सञ्चालन गर्दै आएको छ । यस क्रममा नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग फाउण्डेशनले सहकार्य गर्दछ । फाउण्डेशन कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन ।


थप पढ्नुहोस

प्रकाशनहरू

मदन भण्डारी शैक्षिक कोष

जननेता मदन भण्डारीको विचार एवं नेपालको वर्तमान संविधानले परिलक्षित गरेबमोजिम शिक्षा प्रणालीमा आवश्यक सुधार तथा शिक्षाको अवसरमा सबै नागरिकको समान पहुँच सुनश्चित गर्न फाउन्डेसनले स्थापनाकालदेखि नै सचेत प्रयत्न गरिरहेको छ । यसै अनुरूप विद्यालय तहदेखि उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरू सञ्चालन गरिएको छ । प्रत्येक वर्ष विभिन्न तहका विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ भने स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहको शोधकार्यमा आर्थिक अनुदान उपलब्ध गराउन तथा स्वतन्त्र अनुसन्धान कार्यमा विद्वतवृत्ति उपलब्ध गराउनका लागि मदन भण्डारी शैक्षिक कोष सञ्चालनमा ल्याइएको हो  ।


थप पढ्नुहोस