• विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
  • [email protected]

जननेता मदन भण्डारीको विचार एवं नेपालको वर्तमान संविधानले परिलक्षित गरेबमोजिम शिक्षा प्रणालीमा आवश्यक सुधार तथा शिक्षाको अवसरमा सबै नागरिकको समान पहुँच सुनश्चित गर्न फाउन्डेसनले स्थापनाकालदेखि नै सचेत प्रयत्न गरिरहेको छ । यसै अनुरूप विद्यालय तहदेखि उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरू सञ्चालन गरिएको छ । प्रत्येक वर्ष विभिन्न तहका विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ भने स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहको शोधकार्यमा आर्थिक अनुदान उपलब्ध गराउन तथा स्वतन्त्र अनुसन्धान कार्यमा विद्वतवृत्ति उपलब्ध गराउनका लागि मदन भण्डारी शैक्षिक कोष सञ्चालनमा ल्याइएको हो  ।

कोषको सञ्चालन

शैक्षिक कोषको सञ्चालनका लागि फाउन्डेसनले अलग्गै समिति निर्माण गरेको छ । समितिको छुट्टै कार्यविधि छ, जसले विद्यार्थी  छनोट, अनुदान हस्तान्तरण, नियमन एवं लेखापरीक्षणसम्बन्धी व्यवस्थाहरू गरेको छ । छात्रवृत्तिका लागि विश्वविद्यालयका विभिन्न केन्द्रिय विभागहरूसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । विद्यार्थी छनोट र अनुसन्धान प्रक्रियामा सम्बन्धित विश्वविद्यालयको सम्पूर्ण भूमिका रहन्छ, फाउन्डेसनको त्यसमा कुनै धारणा रहँदैन । कोषले केवल आर्थिक सहयोग प्रदान गर्नुका साथै अनुसन्धानरत विद्यार्थीलाई विषयसँग सम्बद्ध क्षेत्रमा सहजीकरण गर्न फाउन्डेसनमार्फत सहयोग गर्दछ ।