हार्दिक श्रद्धाञ्जली
२०८०/०५/२६
संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र अकल्पनीय निधनबाट नेपालले एक असल नागरिक र कुशल राजनीतिज्ञ गुमाएको छ ।
कानुन विषयका प्राध्यापक र वरिष्ट अधिवक्ता समेत रहिसक्नु भएका श्री नेम्वाङले संविधानवादको उचाईमा रही संविधानसभाको अध्यक्षको हैसियतमा गणतन्त्र नेपालको संविधान निर्माणमा उत्कृष्ट नेतृत्व प्रदान गर्नु भएको
थियो । साथै, संविधानको व्यवहारिक कार्यान्वयनका लागि प्रतिनिधिसभाको सभामुखको रूपमा समेत अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।
२०५६ सालदेखि इलाम जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिको रूपमा मुलुकको नेतृत्व गर्ने क्रममा श्री नेम्वाङले नेकपा (एमाले), इलाम जिल्ला र सिङ्गै मुलुकको गरिमालाई उँचो बनाउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशनको स्थापना कालदेखि नै यसका गतिविधिमा चासो राख्दै आवश्यक सुझाव, सल्लाह दिने र प्रगतिको चाहना राख्ने अभिभावकीय भूमिकाप्रति फाउण्डेशनका सदस्यसहित आम नेपालीको मनमा उहाँको स्मृति सदैव ताजा रहिरहनेछ ।
हामी दिवंगत श्री सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । यस दुःखद् घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
महेन्द्र बहादुर पाण्डे
अध्यक्ष