मदन भण्डारी फाउण्डेशनको जिल्ला भेला सम्पन्न, २४ सदस्यीय कार्य समिति गठन
६ भदौ, पर्वत ।
मदन भण्डारीद्धारा प्रतित्पादीत जनताको बहुदलीय जनबादलाई संस्थागत प्रचारका लागि गठन गरिएको मदन भण्डारी फाउण्डेशन पर्वतको जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले २४ सदस्यीय कार्य समितिको चयन गरेको छ । पर्वतको मोदी गाउँपालिका स्थित मोदी सभा हलमा भएको जिल्ला भेलामा ७ वटा स्थानीय तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भेलाले आगामी ३ बर्षे नयाँ कार्यकालका लागि २४ सदस्यीय कार्य समितिको गठन गरेको निर्वातमान सचिव देवेन्द्रराज पाण्डेले जानकारी दिए ।
नयाँ गठित कार्य समितिको सदस्यहरुमा देवेन्द्रराज पाण्डे, शिव पौडेल, जुनादेवी नेपाली, तेजबहादुर क्षेत्री, गणेश गिरी, किशोर सापकोटा, चन्द्रकला सुनार, प्रदीप भुषाल, जगत बहादुर कँुवर, लालबहादुर थापा, निलकण्ठ सुवेदी, अनिता रेग्मी, हर्कमान गुरुङ रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा लक्ष्मी विक, विनोद थापा, शर्मिला नेपाली, दीपक शर्मा लामिछाने, लेखनाथ अधिकारी, एकबहादुर हमाल, चण्डीप्रसाद भुर्तेल, रामबहादुर थापा, खोबनाथ ज्ञवाली, ओमप्रसाद कुवँर र केदारनाथ पौडेयाल रहेका छन् ।
नव गठित कार्य समितिको पहिलो वैठकले पदाधिाकारीहरु चयन गर्ने गरी जिल्ला भेला सम्पन्न भएको छ । कुल २७ सदस्यीय कार्य समितिमा थप ३ जना भने कार्य समितिले चयन गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला भेलाको प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द नेपालीले जवज र एमालेको विषयमा आफ्नो धारणा राखेका थिए ।
भेलामा नेकपा एमाले प्रदेश कमिटि सदस्य विकास लम्साल, मनोहर वि पौडेल, मेघनाथ सुवेदी, प्रेम लामिछाने, हिरादेवी शर्मा, राम गिरी प्रदेश सभा सदस्य जुनादेवी नेपाली महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल र पाटी उप सचिव गोविन्द पहाडीले पनि जवजको विषयमा आफ्नो धारणा राखेका थिए ।
फाउण्डेनका अध्यक्ष प्रेम पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रराज पाण्डे स्वागत तेजप्रसाद क्षेत्रीले गरेका थिए ।
Source: https://parbatnews.com (2021/08/22)