मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते
मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ ।
‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
कार्यक्रम
मितिः २०७८ चैत ५ गते
स्थानः बानेश्वर वैङ्क्वेट, थापा गाउँ, काठमाडौं ।
समयः बिहानको ११ः०० बजे