मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० सम्बन्धी सूचना
मदन भण्डारी फाउण्डेशनले वि.सं. २०६८ सालदेखि हरेक वर्ष जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ। जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरुप सामाजिक न्याय, समविकास, पर्यावरण संरक्षण, आर्थिक समृद्धि, विभेदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नविन प्रयोग गरी समाजमा महन्वपूर्ण योगदान पुऱ्याउनुभएका व्यक्तित्वको पहिचान, सम्मान र प्रोत्साहन गर्नु यस पुरस्कारको मुख्य उद्देश्य रहेको छ । हालसम्म, विभिन्न दश विधामा यो पुरस्कार प्रदान गरि सकिएको छ ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० नेपालमा दर्ता भएर कम्तीमा विगत ५ वर्ष देखि सञ्चालनमा रही, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडी परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्दत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका, कम्तिमा ५० जना नेपाली नागरिकहरूलाई प्राथमिकता दिएर व्यवसाय संचालन गरी वार्षिक रूपमा कम्तिमा रू ५० करोड बराबरको वार्षिक कारोबार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्वहरू पूरा गरेको उद्यमी वा व्यक्ति एवं महिलाको नाममा दतां भएका विशेषतः महिला स्वयमले संचालन गरेको उद्योगलाई विशेष प्राथमिकता दिईने प्रावधानका आधारमा राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा रोजगारी सृजना गर्दै र राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुऱ्याउदै, दिगो आर्थिक विकासका विभिन्न आयामहरूमा क्रियाशील उद्यमी वा विशेष भूमिका खेलेका व्यक्तिको पहिचान गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
उक्त पुरस्कारको नगद राशी रु. १,००,०००/- (अक्षरेपी एक लाख) र प्रमाणपत्र रहेको छ। पुरस्कार जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४) को अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिनेछ ।
पुरस्कारको मापदण्ड र आवेदन फाराम फाउण्डेशनको आधिकारिक वेबसाइट (www.mbf.org.np) मा उपलब्ध गराइएको छ। उक्त मापदण्डका आधारमा पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्था आफैले वा तोकिएको मितिसम्ममा सिफारिश गर्ने सस्थाले आवेदन फाराम भरी उपयुक्त व्यक्ति वा संस्थाको सिफारिस गरिदिनुहुन सम्बन्धित सबैलाई आव्हान गरिएको छ । प्राप्त आवेदनहरुको आधारमा पुरस्कारको अन्तिम निर्णय सो प्रयोजनका लागि तोकिएका विज्ञहरुको स्वतन्त्र समूहले गर्नेछ ।
फाउण्डेशनलाई चन्दा, दान, उपहार प्रदान गरेका व्यक्ति, फाउण्डेशनका केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी लगायत फाउण्डेशन मातहत रहेका संस्थाहरुको पदाधिकारी तथा सदस्यहरु र उनका एकाघरका सदस्यहरु उक्त पुरस्कारहरुका लागि आवेदन दिन योग्य ठहरिने छैनन् ।
आवेदन आइसक्नु पर्ने अन्तिम मिति: २०८१ साल असार ०५ गते
आवेदन पठाउने ठेगाना:
मदन भण्डारी फाउण्डेशन
केन्द्रीय कार्यालय, विनायकनगर, नयाँ बानेश्वर, काठमाडौं ।
ई-मेल: [email protected]
फोन: ०१-५९१३६१५, ९८६२१४५८४०
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० को सिफारिशको आवेदन ढाँचा