Criteria for the Award

जलबायु परिवर्तन र वातावरण संरक्षणको क्षेत्रमा योगदान दिने संस्था वा व्यक्तिलाई राष्ट्रिय स्तरमा पुरस्कृत गर्ने मापदण्डहरू वैज्ञानिक, व्यावहारिक र समावेशीताका आधारमा तय गरिएको छ ।  तल उल्लेख गरिएका मापदण्डहरुले उपरोक्त क्षेत्रमा संस्था वा व्यक्तिले पुर्याईरहेको योगदानको मूल्याङ्कन निष्पक्ष र प्रभावकारी रूपमा गर्न सक्ने गरी मापदण्डहरू तय गरिएको छ ।

१. प्रभाव

  • वातावरण संरक्षण वा जलवायु परिवर्तन न्यूनीकरणमा संस्था वा व्यक्तिले पुर्याईरहेको योगदानको प्रभावको मात्रा
  • समुदाय, जनसंख्या वा भौगोलिक क्षेत्रमा प्रभावको मात्रा
  • ग्रीनहाउस ग्याँस उत्सर्जनमा कमी आएको प्रमाणहरु

२. नवप्रवर्तन

  • प्रविधिको प्रयोग वा कार्यान्वयनमा अपनाइएको नवीन सोच वा उपाय
  • परम्परागत अभ्यासलाई कसरी सुधार गरिएको विधि तरिका
  • हरित अर्थतन्त्रका क्ष्ोत्रमा गरिएका योगदानहरु

३. समावेशीकरण

  • गरिएको कार्यक्रम÷पहलकदमीमा महिला, बालबालिका, आदिवासी, दलित वा अन्य सीमान्तकृत समुदायको सहभागिता
  • गरिएको कार्यक्रम÷पहलकदमीले सामाजिक न्यायलाई दिएको प्राथमिकता

४. निरन्तरता र दिगोपन

  • कार्यक्रम संचालनको निरन्तरता र  दिगोपनको अवस्था
  • कार्यक्रमको असर वा प्रभाव दीर्घकालीन रूपमा कायम रहन सक्ने सम्भावना

५. तथ्यमा आधारित कार्य

  • कार्यक्रमको प्रभाव मापन गर्न अपनाईएको विधि, प्रक्रिया  वा प्रमाणहरु
  • नियमित अनुगमन र मूल्यांकन गरिने प्रावधान वा अवस्था
  • प्रकाशन सामग्री ( विषयगत म्यानुअल, प्रतिवेदनहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित लेख रचनाहरु आदी)
  • केस स्टडीहरु, सफलताका कथाहरु

६. नीति पैरवी तथा सचेतना

  • संचालित कार्यक्रम÷पहलकदमीले जलवायु नीति निर्माणमा पारेको प्रभाव
  • सर्वसाधारणलाई सचेत गराउन सञ्चार, शिक्षा वा प्रचारको माध्यमबाट गरिएका कार्यहरु


७. सहकार्य, समन्वय तथा नेटवर्किङ

  • सरकारी, गैरसरकारी, निजी क्षेत्र वा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यको अवस्था र त्यसको  प्रभावकारीता
  • बहु क्षेत्र र निकायहरुसंगको संलग्नताको निरन्तरताको सुनिश्चितताका आधारहरु

८. प्रयोग सहजता वा अनुकरणीयता

  • संचालित कार्यक्रम÷पहलकदमीले प्रस्तुत गरेका उल्लेखनीय उदाहरणीय कार्यहरु
  • प्रस्तुत र प्रयोग गरिएको मोडेल अन्य ठाउँमा दोहोर्याउन मिल्ने अवस्था वा पुनःप्रयोग गरिएका उदाहरणहरु
  • समाज, सेवाग्राही र सरोकारवाला निकायहरुमा ल्याएको परिवर्तनहरु, ९. प्रचलित कानून र विधिको पालना
  • संचालित कार्यक्रम÷पहलकदमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणीय कानुन, नीति, विधि वा सहमतिहरूको पालनाको अवस्था
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणीय कानुन, नीति, विधि वा सहमतिहरूको कार्यान्वयनमा गरेको योगदान छनौटका प्रक्रियाका आधारहरूः
  • संलग्न ढांचा अनुसारको आवेदन, सिफारिस (नामांकन प्रणाली) वास्तविक र पारदर्शी हुनुपर्ने ।
  • स्वतन्त्र विशेषज्ञ समितिद्वारा मूल्याङ्कन गरिने ।
  • स्थानीय, प्रादेशिक, संघीय स्तरका सरकारी र गैरसरकारी निकाय वा संस्थाका सिफारिसलाई पनि मान्यता दिइने ।
  • पुरस्कारका लागि छनौट भएका व्यक्ति वा संस्थाको सार्वजनिक घोषणा एवं उपयुक्त प्रचारसहित एक विशेष कार्यक्रम मार्फत पुरस्कृत गरिने ।