१. पृष्ठभूमि
मदन भण्डारी फाउण्डेशन, नेपालको कम्यूनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व जननेता मदनकुमार भण्डारीका राजनैतिक योगदान, सोंच, विचारहरूको संरक्षण एवम् तिनको व्याख्या विश्लेषण र विकास गर्दै सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाई राख्न, उहाँको काम र अनुभवबाट भावी पुस्तालाई मार्गदर्शन गर्न तथा उहाँका व्यक्तित्व, उहाँका कृतिहरु र उहाँद्वारा प्रतिपादित विचारका विविध आयामहरूको अध्ययन, अनुसन्धान गरी नेपाली समाज परिवर्तन र रूपान्तरणमा ठोस योगदान पु¥याउने उद्देश्यले स्थापित सामाजिक संस्था हो । वि.सं. २०५६ साल भाद्र १७ गते “मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्र”को नाममा स्थापना भएको यो संस्था वि.सं. २०६१
साल भाद्र १७ गते देखि मदन भण्डारी फाउण्डेशनको रुपमा सञ्चालित छ ।
फाउण्डेशनको दुरदृष्टि : समाजवादका आधारभूत मान्यता तथा व्यवहारमा आधारित न्यायपूर्ण, समृद्ध र समतामुलक नेपाली समाज ।
परिलक्ष्य : न्यायपूर्ण, समृद्ध र समतामुलक नेपाली समाजको निर्माणका लागि “जननेता मदन भण्डारीको बहुआयामिक व्यक्तित्व तथा वहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको सन्दर्भमा विभिन्न खोज, अध्ययन, अनुसन्धान, प्रवद्र्धनात्मक कार्यहरु
सञ्चालन गर्नुका साथै शैक्षिक, स्वास्थ्य, उद्यमशिलता, खेलकुद, साहित्य र संस्कृतिको विकास, मानवअधिकार, शान्ति तथा न्यायको प्रवद्र्धन तथा सामाजिक सेवा र सचेतनाका कार्यहरु गर्ने ।
२. मदन भण्डारी राष्ट्रिय पुरस्कारको परिचय
जननेता मदन भण्डारीद्वारा प्रतिपादित “जनताको बहुदलीय जनवाद (जवज) को विचार र उद्देश्य तथा नेपालको दिगो विकाससहितको योजनाले अवलम्बन गरेको समृद्द नेपालको राष्टिय आकाँक्षा प्राप्तीमा सहयोग हुने गरी आर्थिक समुन्नती तथा अवसरको समन्यायीक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशिलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पूंजी निर्माणका लागि योगदान पु¥याउने व्यक्ति÷संस्थाको पहिचान गरि पुरस्कृत गर्न फाउण्डेशनमा वि.सं.
२०६८ सालमा मदन भण्डारी राष्ट्रिय पुरस्कारको स्थापना गरिएको हो । यो पुरस्कार हरेक वर्ष मदन जयन्तीका दिन (आषाढ १४ गते) प्रदान गरिन्छ । वि.सं. २०७८ असार १४ सम्म यस राष्ट्रिय पुरस्कारबाट नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका नौ जना व्यक्ति तथा संस्थाहरु पुरस्कृत भइसक्नुभएको छ । यस पुरस्कारको उद्देश्य जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरूप अध्ययन, अनुसन्धान, आविष्कार, नवप्रवर्तन, पर्यावरण संरक्षण, औद्योगिकरण एवम् व्यवसायिकरण, दिगो र समावेशी अर्थतन्त्रको विकास र राष्ट्रिय पूंजी निर्माणका साथै आर्थिक समृद्धिका क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याएका व्यक्ति÷संस्थालाई प्रोत्साहित एवं प्रवद्र्धन गर्नु रहेको छ ।
राष्ट्रिय पुरस्कारको लागि विधा वा विषयगत क्षेत्रहरुको छनोट राष्ट्रिय सन्दर्भ र आवश्यकताको आधारमा मदन भण्डारी फाउण्डेशन केन्द्रीय सचिवालयले तय गर्नेछ ।
३. पुरस्कारका लागि व्यक्तिसंस्था छनौटको प्रक्रिया
मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि सम्बन्धित क्षेत्रमा योगदान दिएका उपयुक्त व्यक्ति÷संस्थाको छनोटका लागि सार्वजनिक रूपमा आवेदन आव्हान गरिनेछ । प्राप्त आवेदनहरूको मुल्यांकन गरी पुरस्कारका लागि उत्कृष्ट तिन ब्यक्ति÷संस्था सिफारिस गर्न फाउण्डेशन केन्द्रीय सचिवालय सदस्यको संयोजकत्वमा सम्बन्धित विषय विज्ञहरु रहेको स्वतन्त्र छनौट समिति गठन गरिनेछ । उक्त समितिबाट सिफारिस भई आएका उत्कृष्ट तिन ब्यक्ति÷संस्थाहरु मध्येबाट मदन भण्डारी फाउण्डेशन केन्द्रीय सचिवालयले पुरस्कारका लागि उत्कृष्ट ब्यक्ति वा संस्थाको छनोट गर्नेछ ।
यस पुरस्कार सम्बन्धी अन्य व्यवस्था मदन भण्डारी राष्ट्रिय पुरस्कार सञ्चालन कार्यविधि २०६८
(संशोधन २०७९) बमोजिम सञ्चालन हुनेछ ।
४. पुरस्कारको राशी तथा आर्थिक स्रोत
मदन भण्डारी पुरस्कारको राशी फाउण्डेशन केन्द्रीय कमिटीले निर्धारण गरेबमोजिम हुनेछ । यसका लागि आर्थिक स्रोतको व्यवस्थापन मदन भण्डारी फाउण्डेशनको नियमित कोषबाट उपलब्ध गराइनेछ ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार सञ्चालन कार्यविधि, २०६८ (संशोधन २०७८)
प्रस्तावना
नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै, मदन भण्डारीको राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न र वहाँको
सामाजिक दार्शनिक देनलाई नेपाली समाजमा चिरकालपर्यन्त स्मरणीय राख्नका लागि स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कारलाई ब्यबस्थित ढंगले सञ्चालन गर्न मदन भण्डारी फाउण्डेशनले यो मदन भण्डारी राष्ट्रिय पुरस्कार सञ्चालन कार्यविधि बनाई लागू गरेको छ ।
१. संक्षिप्त नाम तथा प्रारम्भ
१.१. यस कार्यविधिको नाम मदन भण्डारी राष्ट्रिय पुरस्कार सञ्चालन कार्यविधि–२०६८ रहनेछ ।
१.२. यो कार्यविधि फाउण्डेशन केन्द्रीय कमिटीबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः
क. ‘कार्यविधिः भन्नाले मदन भण्डारी राष्ट्रिय पुरस्कारसञ्चालन कार्यविधि २०६८
सम्झनुपर्दछ ।
ख. फाउण्डेशन भन्नाले मदन भण्डारी फाउण्डेशन केन्द्रीय कमिटी तथा सचिवालयलाई
सम्झनुपर्दछ ।
ग. पुरस्कार भन्नाले मदन भण्डारी फाउण्डेशनबाट यस कार्यविधि अनुरूप प्रदान गरिने
राष्ट्रिय पुरस्कार सम्झनुपर्दछ ।
घ. ‘समितिः भन्नाले पुरस्कृत हुन उत्कृष्ट तिन व्यक्ति संस्थाको सिफारिस गर्न बनेको सिफारिस समितिलाई सम्मmनुपर्दछ ।
३. पुरस्कारको विधा :
जननेता मदन भण्डारीद्वारा प्रतिपादित “जनताको बहुदलीय जनवाद (जवज) को विचार र उद्देश्य तथा नेपालको दिगो विकाससहितको योजनाले अवलम्बन गरेको समृद्द नेपालको
राष्टिय आकाँक्षा प्राप्तीमा सहयोग हुने गरी आर्थिक समुन्नती तथा अवसरको समन्यायीक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशिलता, औद्योगीकरण एवं व्यवसायीकरण, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पूँजी निर्माणका क्षेत्रमा गरीएको उत्कृष्ट र अनुकरणीय कार्यका लागि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ ।
४. पुरस्कार सिफारिस समिति :
क. फाउण्डेशनले पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट गरी उत्कृष्ट तीन वटा नामहरु सिफारिस गर्न देहायको संयोजक तथा सदस्य रहने गरी समिति गठन गर्नेछ :
ख. फाउण्डेशनले समितिको कार्य सर्त तथा अवधि तोक्नेछ ।
ग. समितिको बैठक सम्बन्धी कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
घ. समितिले यस कार्यविधि अनुरूप प्राप्त आवेदनहरूको अध्ययन, विश्लेषण, सत्य तथ्य जाँची, मूल्यांकन गरी उपयुक्त व्यक्ति वा संस्था सिफारिस गर्नुपर्नेछ ।
ङ. फाउण्डेशन तथा समितिका सदस्यले समितिको नामावली, बैठक, छलफल तथा मूल्यांकन लगायतका विषयका सुचना, जानकारी तथा दस्तावेजहरु कानुनले मागेको अवस्थामा बाहेक गोप्य राख्नु पर्नेछ ।
५. पुरस्कारका लागि छनोट तथा सञ्चालनको कार्यप्रक्रिया :
क. पुरस्कारको सूचना तथा आवेदन आव्हान गर्ने ः फाउण्डेशनले प्रत्येक वर्षको वैशाख महिनामा पुरस्कार तथा सम्मानका लागि न्यूनतम १५ दिनको समय राखी देहायका विवरण उल्लेख गरी सार्वजनिक सूचना गर्नेछ ः
पुरस्कारको क्षेत्र, पुरस्कृत हुन न्यूनतम योग्यता, पेस गर्नुपर्ने कागजात, पेश गर्ने ठेगाना
र समयसीमा ।
यस दफा बमोजिम पुरस्कारका निम्ती योग्य व्यक्तिको मनोनयनका लागि अन्य व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
ख. समितिलाई आवेदन उपलब्ध गराउने ः फाउण्डेशन केन्द्रीय कार्यालयले प्राप्त आवेदनहरूको योग्यता र उपलब्ध कागजात सूचना गरे बमोजिम भए नभएको रुजु गरी, सूचना बमोजिम भएका आवेदनहरूको मात्र छायाँ प्रतिको छुट्टाछुट्टै फाइल खडा गरी पञ्जिका बनाई समितिलाई मूल्यांकनका लागि उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराउँदा प्राप्त आवेदनको सक्कल प्रति फाउण्डेशन केन्द्रीय कार्यालयले सुरक्षित राख्नु पर्नेछ ।
ग. समितिले जाँच मूल्यांकन गर्ने ः समितिले प्राप्त आवेदनहरू उपर जाँच, अध्ययन, मूल्यांकन गरी फाउण्डेशनले तोकेको समय सीमाभित्र पुरस्कारका लागि उत्कृष्ट तीन ब्यक्ति वा संस्थाको नाम फाउण्डेशनलाई मूल्यांकन प्रतिवेदन सहित सिफारिस गर्नुपर्नेछ।
घ. फाउण्डेशनले समितिबाट प्राप्त प्रतिवेदन र सिफारिसका आधारमा सिफारिस भएका मध्येबाट उपयुक्त व्यक्तिलाई पुरस्कारका लागि छनोट गर्ने निर्णय गर्नुपर्नेछ।
ङ. पुरस्कृत हुने व्यक्तिलाई जानकारी दिने ः फाउण्डेशन केन्द्रीय कार्यालयले पुरस्कृत हुन छनोट भएका व्यक्ति वा संस्थालाई पुरस्कृत हुनेभन्दा न्यूनतम ५ दिन अगावै यातायात, ब्यबस्थापनका अन्य सम्बन्धित जानकारी र कार्यक्रम विवरण सहित पुरस्कार वितरण
समारोहमा उपस्थितीको लागि निमन्त्रणा गर्नुपर्नेछ ।
च. पुरस्कृत तथा सम्मानित हुने व्यक्तिको पूर्वतयारी ः फाउण्डेशनले पुरस्कार प्राप्त गर्ने व्यक्ति वा संस्थालाई समारोहमा अपनाउनुपर्ने अनुशासन, व्यवहार, पोशाक तथा मन्तव्य लगायतका विषयमा पुरस्कार वितरण समारोहभन्दा अगावै जानकारी गराउनुपर्नेछ र पूर्वतयारीको लागि आवश्यकता अनुसार सहजीकरण र सहयोग गर्नेछ ।
छ. सञ्चार माध्यमलाई जानकारी दिने ः फाउण्डेशन केन्द्रीय कार्यालयले पुरस्कृत हुने व्यक्ति÷संस्था र वहाँहरूको योगदानको विषय लगायत अन्य उपयुक्त विवरणहरू समेत राखी पुरस्कार वितरण समारोहको तीन दिनअघि पुरस्कार वितरण समारोहको दिनको एम्बार्गो राखी सञ्चार माध्यमलाई जानकारी दिनुपर्नेछ ।
६. पुरस्कार छनोटको मुल्यांकन अंक निर्धारण ः पुरस्कार छनोटका लागि समितिले अंक निर्धारण गरी सोही अनुरूप मूल्यांकन गर्नेछ ।
७. पुरस्कृत हुने समुदायको निर्माण ः फाउण्डेशनले यस कार्यविधि अनुरूप पुरस्कृत हुने व्यक्तित्वहरूसँग वार्षिक रूपमा भेटघाट, राष्ट्रिय सवालहरूमा चर्चा तथा उहाँहरूको कार्यअवस्थाका बारेमा छलफलको आयोजना गर्नेछ ।
८. विविध :
क. यस कार्यविधिको व्यवस्थाहरूको कार्यान्वयनमा अन्यौलता भएमा फाउण्डेशन केन्द्रीय कमिटीको व्याख्या अन्तिम हुनेछ ।
ख. यस कार्यविधिमा फाउण्डेशन केन्द्रीय कमिटीले आवश्यक संशोधन गर्न सक्नेछ ।
ग. यस कार्यविधी अनुरूप गठित समितीको पदावधि पुरस्कार वितरण सम्पन्न भएपछि स्वतः समाप्त हुनेछ ।
घ. फाउण्डेशनलाई चन्दा, दान, उपहार प्रदान गरेका व्यक्ति, फाउण्डेशन केन्द्रीय कमिटीका सदस्य तथा पदाधिकारी र उनका एकाघरका परिवारको सदस्य यस पुरस्कारमा सहभागी गराइने छैन ।